User Name
Password
Forgot your password?
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
Government of Nepal
Ministry of Forests and Soil Conservation

Gazette Notices
Strategies, Plans, Policies and Regulations
Suchanako Hak Sambandi Ain-2064
This website has been visited
Warning: fopen(count_file.txt) [function.fopen]: failed to open stream: Permission denied in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 73

Warning: fwrite(): supplied argument is not a valid stream resource in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 74
1
Warning: fclose(): supplied argument is not a valid stream resource in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 76
times
since July 25, 2007
लेख रचनाहरु

Article Index

जैविक विविधता दिवस २०६४ का उपलक्षमा जैविक विविधता राष्ट्रिय समन्वय समितिका अध्यक्ष एवं माननीय वन तथा भू-संरक्षण मन्त्री श्री मातृका प्रसाद यादवले दिनु भएको सन्देश

आज जैविक विविधता दिवस संयुक्त राष्ट्रसंघको साधारण सभाले जैविक विविधता दिवसको रुपमा मनाउने घोषणा गरे अनुसार विश्वभरी नै प्रत्येक वर्ष २२ मे मा आ-आफ्नो प्रकारले जैविक विविधता दिवस मनाउने गरिन्छ । जैविक विविधता दिवसको यस वर्षो मुख्य नारा जैविक विविधता र जलवायू परिवर्तन रहेको छ । जलवायू परिवर्तनले जैविक विविधतामा प्रतिकूल प्रभाव पार्दछ भने जैविक विविधताको विनासले जलवायू परिवर्तनमा तिव्रता ल्याउदछ । त्यसैले यसको बैज्ञानिक संरक्षण र उचित व्यवस्थापन हुनु अति आवश्यक छ । जैविक विविधता र जलवायू परिवर्तनले हाम्रो जीवनमा पार्ने प्रभावहरु वारे जनताको चेतना अभिबृद्धि गर्ने र वुझाइमा परिमार्जन ल्याउने एवं व्यवहारमा लागु गर्ने यस दिवसको मुख्य अभिप्राय रहेको छ ।

वायुमण्डलमा रहेका कार्वन डाइअक्साइड, मिथेन आदि हरित गृह ग्यासले पृथ्वीको सतहमा परावर्तन भै वायुमण्डल वाहिर जाने तापलाई अवरोध गर्दछ । पेट्रोलियम पदार्थ लगायतका ज्वलनसिल पदार्थको ज्वलन, वनजंगल फडानी र कृषि क्रियाकलाप जस्ता मानवीय क्रियाकलापले निस्केका हरित गृह ग्यास थप हुँदै जानाले वायुमण्डलमा हरित गृह ग्यासको मात्रा र सतह पनि बढदै गएको छ । यसले गर्दा विगतमा भन्दा हाल पृथ्वीको औसत तापक्रम बढेको र तापक्रम बृद्धिले जलवायुमा परिवर्तन आएको तथ्य सर्वविदितै छ ।

जलवायुमा आएको यो परिवर्तनको परिणाम स्वरुप बेमौसममा वर्षा हुने, अत्याधिक वा अनाबृष्टी हुने क्रम बढ्न थालेको छ । पृथ्वीको औसत तापक्रम बढ्नाले हिमाली क्षेत्रमा रहेका हिउँ पग्लिने प्रक्रिया तिव्र बढेको छ । जसले गर्दा हिमतालहरुमा पानीको परिमाण बृद्धि भई ताल बिस्फोट हुने खतरा र समुद्रहरुमा पनि पानीको सतह बढ्न गई स-साना टापु डुब्ने खतरा बढेको छ ।

जलवायु परिवर्तनको प्रतिकूल प्रभाववाट जोगिन वा कम गर्न हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउनु, सञ्चिती बढाउनु र परिवर्तित जलवायुको प्रभाव कम हुने गरी जैविक विविधताको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो । हरित गृह ग्यासको उत्सर्जन कम गर्न वातावरण बिग्रन नदिने किसिमको इन्धन र प्रविधिको प्रयोग गर्नु जरुरी भएको छ । हरित गृह ग्यासको सञ्चिती बढाउन पर्तिपरात जग्गामा बृक्षारोण र हैसियत बिग्रेको वनको उचित व्यवस्थापन गरी रुख विरुवाले ढाकेको क्षेत्र बढाएर जलवायु परिवर्तनको कम गर्न सकिन्छ ।

यिनै बिषयलाई मनन गरी हरियाली बढाउन वन मन्त्रालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै गत वर्षको अवधिमा जैविक विविधताको संरक्षणमा विशेष जोड दिन नेपाल सरकारले जैविक विविधता रणनीति कार्यान्वयन योजना, हिमाली क्षेत्र भूपरिधि रणनीति, कृषी जैविक विविधताको संरक्षणार्थ कृषि जैविक विविधता नीति र बंशाणु परिवर्तित जीवाणुको प्रयोगवाट हुने प्रतिकूल प्रभाववाट जोगिन जैविक सुरक्षा नीति स्वीकृत गरेकोले उपरोक्त नीतिहरुलाई व्यवहारमा उतार्न अति आवश्यक छ ।

तर विश्वका केही सम्पन्न राष्ट्रहरुले कमजोर राष्ट्रहरुको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा हैकम जमाए जस्तै जैविक विविधताको प्रयोगमा पनि मनपरी गरेकोले सारा संसारको जलवायुमा प्रतिकूल असर पारेको छ । आफूलाई शक्तिशाली ठान्ने राष्ट्रहरुले अझै क्योटो सन्धीमा सही गरेका छैनन् । विश्वमा भैरहेको जलवायु परिवर्तनको परिणाम स्वरुप हुने प्राकृतिक प्रकोपवाट जोगिन र जैविक विविधता तथा वनजंगलको उचित संरक्षण र सम्वर्धन कार्यमा पहिले भन्दा बढी प्रभावकारी रुपमा लाग्न समस्त दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु । साथै, औद्योगिक राष्ट्रहरुलाई जलवायु परिवर्तन सम्वन्धी क्योटो सन्धिमा सही गर्नुका साथै प्रोटोकल अनुसार हरित गृह ग्यासको उत्सर्जन कम गर्न र कम विकसित मुलुकहरुलाई जलवायु परिवर्तनवाट पर्ने प्रभाव न्यून गर्ने कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्न पनि सवैसंग अनुरोध गर्दछु ।

धन्यवाद

Disclaimer | Privacy Statement | Contact Us
Copyright © 2007, Governement of Nepal, Ministry of Forests and Soil Conservation. All rights reserved.
Best viewed with Internet Explorer or Netscape Navigator or Opera at 1024 X 768