User Name
Password
Forgot your password?
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
Government of Nepal
Ministry of Forests and Soil Conservation

Gazette Notices
Strategies, Plans, Policies and Regulations
Suchanako Hak Sambandi Ain-2064
This website has been visited
Warning: fopen(count_file.txt) [function.fopen]: failed to open stream: Permission denied in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 73

Warning: fwrite(): supplied argument is not a valid stream resource in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 74
1
Warning: fclose(): supplied argument is not a valid stream resource in /home/mofsc/domains/mofsc.gov.np/public_html/includes/leftbar.php on line 76
times
since July 25, 2007
लेख रचनाहरु

Article Index

जैविक विविधता र जलवायु परिवर्तन

पृथ्वीमा रहेका विभिन्न वनस्पती र प्राणीहरु तथा तिनका जात जाती र प्रकार वंश र तिनीहरु बीचको भिन्नता तथा पारिस्थितिक प्रणालीमा रहेको विविधतालाई जैविक विविधता भनिन्छ । प्रकृति सृजित यीनै प्राणी वनस्पति र अन्य जैविक वस्तुहरुको विशेषता र गुणहरुको परम्परागत एवं आधुनिक उपयोगबाट प्राप्त वस्तु र सेवालाई विविधिकरण गरि वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई प्रयोगमा ल्याई मानव हितमा उपयोग हुदै आएको र यो क्रम निरन्तर चलिरहेको छ ।

संरक्षण जैविक विविधताको दिगो उपयोग गरि त्यसवाट प्राप्त विविध फाइदाहरुलाई प्रयोग गर्दै मानव जीवनलाई सहज पार्ने क्रममा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा हातेमालो गर्दे अगाडी बढ्नका लागि तयार गरिएको जैविक विविधता महासन्धिको मूल पाठलाई सन्र १९९२ को मे २२ का दिन अन्तरसरकारी नेगोसिएटिङ्ग समितिले अन्तिम रुप दिइयो । सो मूल पाठलाई १९९२ मा व्राजिलको रियो द जेनेरियोमा भएको वातावरण र विकास सम्वन्धि संयुक्त राष्ट्र संघीय सम्मेलनको समयमा यसको पक्ष राष्ट्र हुन इच्छा जाहेर गर्न हस्ताक्षरको लागि खुला गरियो । सो महासन्धि सन् १९९३ डिसेम्वर २९ देखि कार्यान्यनमा आएको छ । सन् १९९४ को फेब्रुअरि २१ देखि नेपाल पनि सो महासन्धिको पक्ष राष्ट्र रहँदै आएको छ ।

मानवीय जीवनलाई सहज वनाउनका लागि सञ्चालित परियोजना, विकास निर्माण तथा विज्ञान र प्रविधिको व्यापकताका कारण पृथ्वीको जलवायुमा परिवर्तन हुदै गइ रहेको छ यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव जैविक विविधतामा पर्दै गएको र भविष्यमा यो प्रभाव अझ वढ्दै जाने देखिन्छ । मानवीय कृयाकलापका कारण वायुमण्डलमा कार्वनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड र क्लोरोफ्लोरोकार्वन जमी हरित ग्रहज्ञोयन्त्रस मात्रामा बृद्धि गई भई पृथ्वीको औसत तापक्रममा सन १८६० देखि ०.८ डिग्री सेल्सियस बृद्धि भई रहको हालसम्मको तथ्याङ्कले देखाएको छ । वातावरणमा प्राकृतिक अवस्थामा रहेको मात्रा भन्दा वढी मात्रामा त्यस्ता हरितोग्रहण सम्मको उत्पादन हुनु र त्यसलाई अवशोषण गर्ने प्राकृतिक क्षमतामा कमि भए पछि त्यस्ता ग्यासले वढी तापक्रम संचित गर्ने हुँदा यसको वायुमण्डलीय तापक्रम बृद्धिमा ठूलो भूमिका रहन्छ । आगामी सन् २०३० सम्ममा पृथ्वीको औसत तापक्रम २ डिग्री सेल्सियस र समुद्र सतह ३० - ५० से.मि. सम्म वढ्ने अनुमान वैज्ञानिकहरुको रहेको छ (Warrick et at 1988) | यसरी पृथ्वीको तापक्रममा आएको परिवर्तनको कारण हिमाली क्षेत्रको हिउँ पग्लिने हुनाले समुद्रको सतह बढ्न जान्छ भने हिमतालहरुमा पानीको तह वढ्न गई ताल विस्फोट हुने संभावना रहन्छ जसको प्रत्यक्ष असर तल्लो क्षेत्रमा पर्न जान्छ । त्यसैगरि वर्षाको एबततभचल मा आउने परिवर्तनका कारण बाढी पहिरो, खडेरी, अतिवृष्टी जस्ता समस्या देखा पर्दछन जसले जैविक विविधतामा ठूलो असर पुर्‍याउँछ ।

वढ्दो तापक्रमबाट समुन्द्री आँधी (Hurricane) धेरै आइरहने र ४० देखि ५० प्रतिशत वढी क्षतिकारक हने तथा (Emanuel, 1987) heat waves हरु लामो र ताता (Longer and hotter) हुने हुन्छन् तथा वर्षाको अवधि पनि बढी हुन्छ जसले विश्वको उर्जा प्रणाली (Energy system) (जसको अन्तर सम्वन्धको अझ जटिल हुन्छ ) मा परिवर्तन ल्याउछ यसको असर जैविक विविधतामा पर्छ ।

जैविक विविधतामा मौषम परिवर्तनका असरहरु:

मौसम परिवर्तका कारणले उत्पन्न प्राकृतिक असरबाट प्रजातिहरुको संख्यामा आकस्मिक रुपमा घटी / बढी हुन सक्छ । जस्तै: हिमतालको विष्फोट या अत्याधिक वर्षा कारण आएको वाढीबाट वासस्थानको विनास हुने तथा वाढीमा परेर जीवजन्तुको संख्यामा कमि आउछ । कुनै कुनै प्रजातिमा वढी तापक्रमले भालेको संख्या र केही कछुवा प्रजातीमा पोथीको संख्या वढी उत्पादन हुने गरको पाइएको छ (Head ed at, 1987) । कुनै कुनै रोगका किटाणुहरुको संख्यामा समेत वढी तापक्रम र वर्षाको प्रभाव देखिएको पाइएको छ । Spruce bud worm को संख्या २५ डिग्री सेल्सियस तापक्रममा ५० प्रतिशत यस्तै बृद्धि भएको पाइएको छ । मलेशिया, देखी आउका किटाणुहरु पनि यस्तै कारणले (अफ्रिका तथा एसिया क्षेत्रमा) वढेको पाइएको छ ।

मौसम परिवर्तन संगै वासस्थानमा आएको परिवर्तनका कारण आफ्नो आवश्यकता पूरा गर्नका लागि विभिन्न प्रजातिहरु उपयुक्त खोजीमा अन्यत्र हिंडडुल (Movement) गर्दछन । नदी नाला र पानीका मुहान सुकेको खण्डमा पानी भएको क्षेत्र तर्फ जनावरको चाप वढ्न जान्छ यसरी वासस्थानका component को वितरण अनुसार जनावरको वितरण हुने हुनाले उपयुक्त वासस्थानमा वढी चाप पर्ने हुनाले वासस्थानको अझ विनास हुन जान्छ । अर्को तर्फ जलवायू परिवर्तनले मानव जीवनमा पार्ने असरले गर्दा मानविय आवशयकता परिपूर्तिका लागि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा जैविक विविधतामै दोहन हुने गरेको छ । वाढी पहिरोका कारण, खडेरीका कारण विस्थापित वस्तीहरु वन क्षेत्रतर्फ आकर्षित हुने र दैनिक गुजाराका लागि समेत वन स्रोतमा भर पर्ने हुँदा धेरै जीवजन्तु र वनस्पतिको वासस्थान विनास हुने, परिवर्तन हुने र खण्डिकृत हुने गर्दछ ।

यस्तै परिवर्तका कारण कुनै स्थानका वानस्पतिक समिश्रणमा फरक हुन आउछ । घाँसै मैदान वन क्षेत्रमा परिणत हुने, वन क्षेत्रका प्रजातिहरु भिन्नता हुने हुँदा त्यहाँ रहने जनावरको समिश्रणमा समेत फरक आँउछ । आगो र आंधिवेरीका घटनामा बृद्धि हुने हुँदा यसलाई थप उर्जा दिन्छ । तापक्रम बृद्धिको साथ वर्षातको Pattern मा परिवर्तन हुने जस्तैः लामो समय सम्मि परिरहने, पानीको तिव्रता वढी हुने, मनसुनको शुरुवात र अन्त्य हुने समयमा फरक पर्ने, खडेरी पर्ने जस्ता कारणले प्रजाती भित्र निहित गुणमा परिवर्तन आउंछ । IPCC, 2001 ले अध्ययन गरेका प्रजातीहरुमा लगभग ८० प्रतिशत प्रजातिको breeding season को शुरु र अन्त्य वसाई सराई वितरण र शरिरको आकारमा समेत परिवर्तन भएको पाइएको छ । Breading season र आहार वनस्पतिको Fruiting season मा परेको फरकले Gnatt भन्ने प्रजातिको चरालाई आहारको कमि भएको पनि अध्ययनमा पाइएको छ । तापक्रममा भएको बृद्धिकै कारण धेरै प्रजातिहरुका वासस्थान उचाई तर्फ सर्दै गएको पाइएको छ । हरेक प्राणीलाई वदलिंदो तापक्रम, वर्षा र नयां रोग संग संर्घष गर्दै आफ्नो अनुकूल वनाएर बांच्न गाह्रो हुन्छ । यसले कुनै कुनै प्रजातीको संख्यामा कमि हुने तथा खण्डिकरण हुने हुन्छ जसले genetic diversity मा नकारात्मक असर पुर्‍याउछ । संसारका करिव २२,००० प्रजातिहरु खतराको सूचिमा परेका छन । जसको १० प्रतिशत संख्या चरा र स्तनधारी जनावरको रहेको छ । (ऋ ल्भभथि भत ब ज्ञिढडढ) मौसम परिवर्तनले त्यस्ता प्रजातिलाई लोपोन्मुख वनाउन ठूलो भूमिका खेल्दछ । यसको असर साँघुरा क्षेत्रमा रहने स्थानीय प्रजाती वसाई सराई गर्ने तथा कम संख्यामा भएका प्रजातिमा वढी पर्दछ । जस्तै रैथाने हिमाली प्रजाती चरा प्रजाति । यसरी हुने परिवर्तनले त्यहाँको पुरै पारिस्थितिकीय प्रणालीमा असर पार्छ जसको कारण पारिस्थिक प्रणालीबाट मानव जीवनमा प्राप्त हुने सेवा सुविधामा असर पुग्छ ।

वढ्दो तापक्रमले हिउं पग्लने दरलाई वढाएकोले समुन्द्रको सतह वढ्दै गएको, काख नदि तटीय जंगलहरु विस्तारै हराउंदै जाने संभावना रहेको छ । यसले बंग्लादेश, भारत जस्ता देशमा रहेका Mangrove forest लाई चुनौती दिएको छ । कृषि जैविक विविधतामा समेत पानी जम्ने र माटोको गुणमा परिवर्तन हुने कारण ठूलो असर पारेर पुरानो वंशलाई नयां वंशले प्रतिस्थापन गर्नु पर्ने अवस्था भएको छ ।

नदि नालाको पानीको वहावमा आउने परिवर्तनले सिमसार क्षेत्रको जैविक विविधतामा असर पार्छ । तल्लो भागमा रहेका जलासयहरुमा माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको वालुवा र अन्य जैविक पदार्थ जम्नाले सिमसार क्षेत्र घाँसै मैदान वा वन क्षेत्रमा परिणत हुन जान्छ । पानीको माटोको तापक्रममा आएको परिवर्तनका कारण कृषि क्षेत्रको जैविक विविधतामा नराम्रो असर पर्ने हुन्छ । आनुवांशिक किसिमले कमजोर प्रजातिहरु वदलिंदो अवस्थामा वाँच्न अन्यत्र पुग्छन । कृषि वालीको वालिचक्र घट्दो हुने भएकोले कृषि जैविक विविधतामा अझ चाँडो असर देखा पर्छ ।

त्यसैगरी मानिसले जाजाजान वा अन्जानमा कुनै भौगोलिक क्षेत्र भन्दा वाहिरका प्रजातिलाई लगाएको हुन्छ । त्यस्ता प्रजातिहरु आफ्नो अनुकुलता पाएको खण्डमा विनाशकारी भएर निस्कन्छन् । कहिले काहि मौसम परिवर्तनले यसको नेतृत्व समेत गरेको पाइएको छ । जस्तै मरुभूमिमा कार्वनडाइअक्साइडको मात्रामा बृद्धि हुँदा अरु स्थानीय प्रजातिका तुलनामा Bromes प्रजातीको घाँसको राम्रो बृद्धि भएको पाइयो । जसले अन्त्यमा Scrubland लाई exoticmnual grassland मा परिवर्तन गरिदियो ।

जैविक विविधताले मौसम परिवर्तनमा खेल्ने भूमिका:

हरित गृह ग्याँसको भण्डारणमा जैविक विविधताको ठूलो भूमिका रहेको हुन्छ । कार्वनडाइअक्साइडको भण्डारण वन जंगल, जैविक इन्धन, माटो तथा चट्टान, जंलमण्डल र वायुमण्डलमा रहेको हुन्छ । वन जंगल कार्वनको उपयोग गर्ने महत्वपूर्ण स्रोत हो । कार्वनको स्रोतले कार्वन उपभोगको तुलनामा उत्सर्जन वढी गर्दछ भने कार्वन सोसकले उत्सर्जनको तुलनामा सोस्ने कार्य वढी गर्दछ (K Bastkota N Dahal 2001) । तर्सथ वन जंगल कार्वन सोसनका लागि सवैभन्दा राम्रो माध्यम हुन सक्छ । कृषि वालीमा पनि कार्वन भण्डारणको क्षमता रहेको हुन्छ तर कृषि बालिले भन्दा वन क्षेत्रले २० देखि १०० गुणा वढी कार्वन भण्डारण गर्न सक्छ । केवल ४३ प्रतिशत जमिनबाट वन क्षेत्रले ९० प्रतिशत भन्दा बढी कार्वन विरुवामा र ५२ प्रतिशत भन्दा बढी कार्वन माटोमा भण्डारण गरि राख्न सक्छ (K Baskota, 2001) । त्यसैगरी व्यवस्थापन नगरिएको वनले भन्दा व्यवस्थापन गरिएको वनले वढी कार्वन भण्डार गर्ने तथा अध्ययनले देखाएको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय प्रकृति कोषको अध्ययन अनुसार इलामको सामुदायिक वनमा २.९४ टन प्रति हेक्टर प्रति वर्ष, ललितपुरको सामुदायिक वनमा १.३ टन प्रति वर्ष प्रति हेक्टर र मनाङ्गको वन क्षेत्रमा १.६५ टन प्रति हेक्टर प्रति वर्ष कार्वन भण्डार क्षमता प्रजातिमा समेत भर पर्दछ ।

जलवायू परिवर्तनका कारक तत्वहरुको उत्पादन कमि गरेर मात्र यसलाई रोक्न सकिने अवस्था नभएको कारण भएका साथै भएका वन जंगलको संरक्षण र उचित व्यवस्थापन गरेर तथा वन क्षेत्रलाई विस्तार गरेर मात्र यो क्रमलाई नियन्त्रण गर्न सकिने देखिन्छ । जैविक विविधतामा ह्रास आएको खण्डमा जलवायु परिवर्तनको असर अझ वढ्दै जाने देखिन्छ ।

यस वाहेक वाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट बच्न वन जंगलको ठूलो भूमिका रहन्छ । वर्षातमा परेको पानीले गराउने भू-क्षयबाट पनि वनस्पतिहरुले जमिनको सु-संरक्षण गर्छ । माटोको उर्वराशक्ति बढाइ पानी संग्रह गर्ने क्षमता वढाउंछ । वनस्पतिले भू-सतहको तापक्रम न्यून गर्न सहयोग पुर्‍याउंछ । जमिन मुनीको पानीलाई Recharge गर्न र भण्डारण गर्नमा भूमिका खेल्छ ।

निष्कर्षः

जलवायु परिवर्तन एउटा नकार्न नसकिने प्राकृतिक अंग वनेको छ । त्यसैले यसबाट वच्न जैविक विविधतामा सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ । विशेष गरि वन क्षेत्रको विस्तार र गुणमा बृद्धि गरिनाले कार्वनको भण्डार गर्न मद्धत पुग्ने देखिन्छ । परिवर्तनको सवैभन्दा धेरै असर गरिव र विकासोन्मुख मुलुकमा पनि निम्न आय भएको समुदायमा पर्ने देखिन्छ । यस्ता क्षेत्रहरुमा भौगोलिक रुपमा पनि पछि परेका, पहिले देखि नै विकसित मुलुक भन्दा तापमान वढी लगानी गरेर पछि कम फाइदा लिनु पर्ने वाध्यता छ । विकासोन्मुख देशका वासिन्दाहरु धेरै जसो कृषि व्यवसायमा निर्भर पर्ने, कृषि व्यवसाय मौसममा भर पर्ने हुँदा यसमा हुने परिवर्तनको कारण कमजोर स्वास्थ्य र कम गुणस्तरका सेवा लिन वाध्य हुन्छन ।

यी सवै कुराको असरले जैविक विविधतामा झनै संकटमा पर्न जान्छ । मौसम परिवर्तनका असरबाट बांच्न र त्यससंग बांच्ने उपायहरुको अवलम्वन समयमै गरिनु आवश्यक छ । जस्तै मौसम संबन्धी अग्रिम भविष्यवाणी र जलावायु परिवर्तन सम्वन्धमा सचेत गराउनु पर्छ । प्राकृतिक विपत्तिको समयमा तत्काल पुन: स्थापनाको व्यवस्था हुनु पर्छ ।

मौसम परिवर्तनका कारण देखिएका प्रभावको राम्रो अध्ययन गरी प्रजाती र पारिस्थितक प्रणालीमा परेको जोखिमको लेखाजोख गर्नु पर्ने देखिन्छ । एकिकृत पारिस्थितक प्रणालीको योजना तर्जुमा र व्यवस्थापन गरिनु पर्छ । वासस्थान खण्डिकरण रोकनु जैविक माग तथा वसाइ सराई मार्ग मध्यवर्ती क्षेत्रको प्रवर्धन गर्नु पर्छ । संरक्षित क्षेत्र तथा वन्यजन्तुको आकार तथा संख्या ठूलो हुनु पर्छ ।

Disclaimer | Privacy Statement | Contact Us
Copyright © 2007, Governement of Nepal, Ministry of Forests and Soil Conservation. All rights reserved.
Best viewed with Internet Explorer or Netscape Navigator or Opera at 1024 X 768