Article Index
जैविक विविधता दिवस् २०६१
भूमिकाः
यस पृथ्वीमा रहेका विभिन्न वनस्पति र प्राणीहरु तथा तिनका जात,जाति,प्रकार, वंश र तिनीहरु बीचको भिन्नता तथा पारस्थिकीय प्रणालीमा रहेको विविधता नै जैविक विविधता हो । प्राकृतिक एवं सांस्कृतिक वातावरण सितको सु-सम्बन्ध बाट नै मानवीय सभ्यताको उदय भएको तथा यस पृथ्बीमा रहेका प्राणी र बनस्पतिका विशेषता र गुणहरुको बैज्ञानिक अध्ययन र अनुसन्धान बाट नै प्रगति र विकाश सम्भव भएको हो ।
विकाश र औधोगिक क्रान्तिले मानिसको दिन चर्या र जीवनस्तरमा आएको व्यापक परिवर्तनका साथ साथै प्राकृतिक स्रोतहरुको उपयोग तथा प्रविधीको विकाश र विस्तार बीच तदात्म्यता हुन नसक्दा प्राकृतिक स्रोतहरुको अनियन्त्रित प्रयोग हुन गई वातावरणीय विनाश हुन पुगेको छ । यसै सर्न्दर्भमा हाम्रा प्राकृतिक श्रोतहरुको पहिचान, उचित संरक्षण, सर्म्बर्दन तथा व्यवस्थापनका साथ साथै हाम्रो जस्तो अल्प विकसित मुलुकका विभिन्न जात जातिहरु सित रहेको परम्परागत ज्ञान, सीप र तिनीहरु भित्र रहेका मौलिकता र विशिष्टताको समयसापेक्ष खोज र प्रयोग हाम्रा लागि चुनौति बनेको छ । यर्सथ हाम्रो जैविक विविधताहरुको महत्व, आवश्यकता र उपादेयताको मनन गरि जैविक स्रोत मा परिरहेको मानवीय चापहरु न्यूनीकरण गर्नका साथ साथै यी स्रोतको दिगो उपयोग द्धारा सामाजिक, आर्थिकस्तर उकास्न योगदान पुर्याउनका साथै जनचेतना समेत अभिवृद्धि गर्न अन्तरराष्ट्रिय जैविक विविधता दिवसको महत्वपर्ूण्ा भूमिका रहेको छ ।
जैविक विविधता दिवसको अवधारणाः
प्राकृतिक सम्पदामा मानवीय क्रियाकलापबाट सिर्जना भएका समस्याहरुलाई मानवीय प्रयास बाट नै समाधान गर्नुपर्ने यर्थाततालाई महशुश गर्दै विश्व समुदायले जैविक विविधताको संरक्षणको लागि अन्तरराष्ट्रिय कानुनको निर्माणमा आफना प्रयाशहरु केन्द्रित गर्यो । यही भावना अनुरुप संयुक्त राष्ट्र संधीय वातावरण कार्यक्रमको अगुवाईमा सन् १९८८ मा जैविक विविधता सम्बन्धी महासन्धि तयार गर्न गठित विशेषज्ञहरुको समितिले तयार पारेको जैविक विविधता महासन्धिको मूलपाठ लाई सन् १९९२ को मे २२ का दिन अन्तिम रुप दिइयो । नेपालले जुन १२, १९९२ का दिन उक्त महासन्धिमा हस्ताक्षर गरि प्रतिनिधी सभाबाट अनुमोदन भए पश्चात २१ फेब्रुअरी १९९४ देखि महासन्धि नेपालमा लागु भएको छ । यसरी महासन्धिको मूलपाठ तयार भएको दिन मे २२ लाई अन्तराष्ट्रिय जैविक विविधता दिवसको रुपमा मनाउँदै आईएको छ । जैविक विविधताको महत्व, आवश्यकता र उपादेयताको मनन गर्दै जैविक स्रोतमा परिरहेको मानवीय चाप न्यून गरी यी स्रोतको दिगो उपयोगद्धारा सामाजिक, आर्थिकस्तर उकास्न सहयोग पुर्याउनु तथा यस सम्बन्धमा जनचेतना समेत अभिबृदि गर्नु यो दिवसको मुख्य उदेश्य रहेको छ ।
जैविक विविधता दिवस २०६१ का लागि तयारी कार्यः
जैविक विविधता सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनले प्रत्येक बर्षमे २२ का दिन जैविक विविधता दिवस मनाउन निर्ण्र्ाागरेको तथा जैविक विविधता सम्बन्धी महासन्धि लागु भएको दशौ बाषिकोत्सव पनि भएकोले यस बर्ष जैविक विविधता स् सबैका लागि खाधान्न, पानी र स्वास्थ्य भन्ने नाराका साथ भव्य रुपमा मनाउन जैविक विविधता महासन्धिको सचिवालय बाट प्राप्त जानकारी अन्तर्रर्ााट्रय जैविक विविधता दिवस मनाउन श्री ५ को सरकार -माननीय मन्त्रीस्तर) को मिति २०६०।१२।९ को निर्ण्र्ाानुसार जैविक विविधता सम्बन्धी महासन्धिको राष्ट्रिय केन्द्रबिन्दु वातावरण महाशाखा प्रमुख डा. कृष्णचन्द्र पौडेलको संयोजकत्वमा १२ सदस्यीय अन्तरराष्ट्रिय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समिति गठन गरियो ।
२.१ अन्तर्रर्ााट्रय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समितिः
अन्तर्रर्ााट्रय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समितिमा जैविक विविधताको संरक्षणार्थ यस सित सरोकार राख्ने सम्पर्ूण्ा निकायहरु लाई परिचालन गर्ने श्री ५ को सरकारको नीति अनुरुप श्री ५ को सरकारका जैविक विविधता सम्बन्धी सरोकार राख्ने मन्त्रालयहरु, गैरसरकारी संस्था एवं युवा तथा विधार्थी हरुको समेत प्रतिनिधित्व रहेको थियो । यस समितिको मिति २०६०।१२।१३ मा बसेको प्रथम बैठकले यस बर्षो जैविक विविधता दिवसलाई भव्य रुपमा मनाउन देहाय बमोजिमका ४ वटा उपसमितिहरु गठन गर्यो ।
२.२ समुदधाटन उपसमितिः
जैविक विविधता दिवस कार्यक्रम लाई भव्य रुपमा मनाउन बन तथा भु-संरक्षण मन्त्रालयका सहसचिव एवं अन्तरराष्ट्रिय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समितिका संयोजक डा. कृष्ण चन्द्र पौडेलको संयोजकत्वमा समुदधाटन उपसमिति गठन गरिएको थियो सो उपसमितिमा वन विभागका महानिर्देशक श्री जमुनाकृष्ण ताम्राकार, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. तिर्थमान मास्के एवं वातावरण महाशाखाका वातावरण अधिकृत श्री बटुकृष्ण उप्रेती सदस्य रहनु भएको थियो ।
२.३ पर््रदर्शनी उपसमितिः
जैविक विविधता दिवसको उपलक्ष्यमा जैविक विविधताको संरक्षणमा श्री ५ को सरकार, दातृ निकाय तथा विभिन्न गैरसरकारी संस्थाहरुबाट भएका प्रयासहरुको बारेमा र्सवसाधारणलाई जानकारी गराउने उदेश्यले मिति २०६१।२।९ देखि २०६१।२।११ सम्म बीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेशवरमा जैविक विविधता पर््रदशनी संचालन गर्न अन्तर्रर्ााट्रय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समितिका सदस्य एवं सहयोग अनुसन्धान एवं सेवा केन्द्र नामक गैर सरकारी संस्थाका कार्यकारी अध्यक्ष श्री बद्री प्रसाद सिटौलाको संयोजकत्वमा १० सदस्यीय पर््रदर्शनी उपसमिति गठन गरिएको थियो । सो समितिले जैविक विविधता पर््रदशनीमा विभिन्न संस्थाहरुलाई सहभागी गर्न आवश्यक व्यबस्था मिलाउने कार्य गरेको थियो ।
२.४ प्रकाशन तथा प्रचार प्रसार उपसमितिः
वन विभागको प्रचार प्रशार शाखाका प्रमुख श्री राजेश्वर श्रेष्ठको संयोजकत्वमा सरकारी एवं गैरसरकारी संधरसंस्थाका प्रतिनिधीहरु सम्मिलित सात सदस्यीय प्रकाशन तथा प्रचार प्रसार उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले जनस्तरमा जैविक विविधताको संरक्षण, सर्म्बर्दन सम्बन्धी चेतना अभिबृदि गर्ने खालका विविध कार्यहरु जस्तै रेडियो नेपाल, नेपाल टेलिभिजनबाट सन्देश प्रशारण, कल्पबृक्ष र ध्ष्मिषिभ ल्भधकभिततभच जस्ता बुलेटिनहरुमा जैविक विविधता विशेषाङ्क प्रकाशन गरेको थियो ।
२.५ चित्रकला प्रतियोगिता उपसमितिः
जैविक विविधताको संरक्षणमा विधार्थीहरुलाई सहभागी गराउन चित्रकला प्रतियोगिता आयोजना गर्ने उदेश्यबाट यूवा तथा विधार्थी प्रतिनिधी सुश्री प्रिति सिटौलाको संयोजकत्वमा सात सदस्यीय चित्रकला प्रतियोगिता उपसमिति गठन गरिएको थियो । सो समितिले उपत्यकाका विभिन्न विधालयका करीव २०० विधार्थीहरुका बीच निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक विधालय स्तरीय चित्रकला प्रतियोगिता संचालन गरेको थियो ।
३. जैविक विविधता दिवस २०६१ का विशेष कार्यक्रमहरुः
३.१ समुद्घाटन कार्यक्रमः
यस वर्षो जैविक विविधता दिवसको नारा "जैविक विविधता सबैका लागि खाधान्न, पानी र स्वास्थ्य" रहेको हुँदा यो देशको सांस्कृतिक विविधता झल्काउने पाँच क्षेत्रका विशेष जातिहरु -बाहुन, थकाली, गुरुङ, थारु र नेवार) का प्रतिनिधीहरु, पाँच प्रकारका अन्नहरु सित आशन्न पाँचवटा दियोहरु, साथै देशको विकास र प्रगतिका लागि अपरिहार्य आवश्यकता बनेको शान्तिका प्रतिक भगवान गौतम बुद्धको प्रतिमा तथा हिन्दू अधिराज्य नेपालको धार्मिक महत्व रहेको पवित्र बृक्ष पिपल समेत उदधाटन स्थलमा रहेको थियो । कार्यक्रमलाई आकर्ष, नवीन र विशिष्ट बनाउनको लागि पाँचबटा जातिका प्रतिनिधीहरुबाट पिपलको बोट मूनि भगवान बुद्धको प्रतिमाको वरिपरि पाँच बटा दियो बालि समुदधाटन गरिएको थियो । समुद्घाट्न कार्यक्रममा अन्तर्रर्ााट्रय जैविक विविधता दिवस, राष्ट्रिय समन्बय समितिका संयोजक डा. कृष्णचन्द्र पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने बन तथा भु-संरक्षण मन्त्रालयका सचिव श्री चण्डीप्रसाद श्रेष्ठले विशेष मन्तव्य दिनु भएको थियो । सोही अबसरमा कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री पर्ूण्ा प्रसाद मानन्धर, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका सहायक आवासिय प्रतिनिधी ःक। ब्भिककबलमचब त्ष्कयत ले मन्तव्य दिनु भएको थियो ।-मन्तव्यहरुको पर्ूण्ापाठ अनुसूचि ३ मा रहेको छ ।)
३.२ अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलनः
जैविक विविधता दिवस २०६१ लाई भव्य रुपमा मनाउने सिलसिलामा मिति २०६१।२।८ गते जैविक विविधता दिव्स २०६१को नारा ूजैविक विविधतास् सबैका लागि खाधान्न, पानी र स्वास्थ्यू सित सम्बन्धित विभिन्न विज्ञहरुहरु बीच छलफल गर्न एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । बन तथा भु-संरक्षण मन्त्रालय तथा जाईका एलमुनाइ एशोसिएसन ९व्ष्अब ब्lmगलष्ब बककयअष्बतष्यल ल्भउब० िको संयूक्त तत्वाधानमा आयोजित सो कार्यक्रममा बन तथा भू-संरक्षण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. मोहन प्रसाद वाग्लेले जैविक विविधता र पानी विषयक कार्यपत्र प्रस्तुत गनर्ुृ भएको थियो । यसै गरी जैविक विविधता र खाधान्न विषयको कार्यपत्र डा. मधुसुधन उपाध्यायले तथा जैविक विविधता र स्वास्थ्य विषयको कार्यपत्र डा. ऋषिराम कोइरालाले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रहरुमा वन विभाग सामुदायिक वन महाशाखाका प्रमुख डा. केशव कडेल तथा विश्व संरक्षण संध-नेपालका कार्यक्रम संयोजक श्री सागेन्द्र तिवारीले टिप्पणी गर्नु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी एवं बन तथा भु-संरक्षण मन्त्रालयका सचिव श्री चण्डीप्रसाद श्रेष्ठले जैविक विविधता दिवसको सम्बन्धमा पत्रकारहरुद्धारा सोधिएका विभिन्न जिज्ञासाहरुको जवाफ दिनु भएको थियो । सो अबसरमा अन्तर्रर्ााट्रय जैविक विविधता दिवस-२०६१ का बारेमा संचारक्षेत्रलाई जानकारी दिलाउन वन तथा भु-संरक्षण मन्त्रालयले प्रेश विज्ञप्ति वितरण गरेको थियो ।
३.३ जैविक विविधता पर््रदशनी
बन तथा भू-संरक्षण मन्त्रालयका सचिव श्री चण्डी प्रसाद श्रेष्ठ तथा कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री पर्ूण्ा प्रसाद मानन्धरबाट अन्तर्रर्ााट्रय जैविक विविधता दिवस २०६१ को उपलक्ष्यमा आयोजित जैविक विविधता पर््रदशनीको संयुक्त रुपमा समुद्धाटन गरियो । यो पर््रदशनीमा विभिन्न सरकारी, अन्तर्रर्ााट्रय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले वन तथा वातावरणको संरक्षण र सर्म्बर्दनमा गरेका कार्यहरु झल्काइएको थियो । सो पर््रदशनी स्थलमा २८ बटा विभिन्न संधसंस्थाहरुले स्टलहरुमा तरकारी, फलफूलहरु, वनस्पति र अन्य जैविक विविधता झल्कने सामग्रीहरु तथा प्रकाशन सामग्रीहरु पर््रदशन गरेका थिए । तीन दिनसम्म चलेको सो पर््रदशनीलाई विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक, अनुसन्धानकर्ता, राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरु, कलाकार, पत्रकार तथा आम नागरिकहरुले अवलोकन गरेका थिए । पर््रदशनी स्थलमा रहेका विभिन्न संस्थाका पदाधिकारीहरुले अवलोकनकर्ताद्धारा राखिएका जिज्ञासाहरुको जवाफ दिएका थिए । -पर््रदशनीमा सहभागीहरुको सुची अनुसुची २ मा छ । )
३.४ पुरुस्कार वितरण तथा समापन समारोहः
मिति २०६१।२।११ गतेका दिन जैविक विविधता दिवसको उपलक्ष्यमा अ।योजित पर््रदशनीको विधिवत समापन समारोहको आयोजना गरिएको थियो । बन तथा भु-स्ररक्षण मन्त्रालयका सचिव श्री चण्डीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रममा चित्रकला प्रतियोगितामा विजयी विधार्थीहरुलाई पुरस्कार तथा जैविक विविधता पर््रदशनीका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । -चित्रकला प्रतियोगितामा विजयी विधार्थीहरु तथा जैविक विविधता पर््रदशनीका सहभागीहरुको नामावली अनुसुची १ मा राखिएको छ । )
३.५ विविध कार्यक्रमहरुः
जैविक विविधता दिवस कार्यक्रमबाट जैविक विविधताको संरक्षणमा स्थानिय जनताको सहभागिता अभिबृदि गर्न विधुतिय एवं छापा समाचार माध्यममा चेतना अभिबृदि गर्ने विभिन्न कार्यक्रमहरु प्रसारण गरिएको थियो । यसै उपलक्ष्यमा राष्ट्रिय दैनिक कान्तिपुरमा जैविक विविधता दिवस २०६१ विशेषांक प्रकाशित गरिएको थियो । रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, सगरमाथा एफ.एम, रेडियो नेपाल र्सर्ुखेेत प्रशारण केन्द्र, कालिका एफ.एम चितवन आदि बाट विशेष कार्यक्रमहरु संचालन गरिएको थियो । यसै गरि जैविक विविधतासंग सम्बन्धित विभिन्न लेख, रचनाहरुलाई समेटदै जैविक विविधता दिबस बुलेटिन २०६१ प्रकासित गरिएको थियो ।
|