सम्पादन गर्नु पर्ने कार्यहरु
१. वन, प्राकृतिक वातावरण, जैविक विविधता सम्बन्धी नीति योजना र कार्यान्वयन सम्बन्धी
२. सामुदायिक वन, कबुलियती वन, साझेदारी वन, धार्मिक वन, सरकारद्वारा व्यवस्थित वन र निजी वन आदि सम्बन्धी
३. वन क्षेत्रको सर्भेक्षण, नाप नक्सा र अनुसन्धान सम्बन्धी
४. वन जंगल र वन पैदावारको उपयोग, संरक्षण तथा सम्वर्धन र सीमा निर्धारण सम्बन्धी
५. वन पैदावार विकास सम्बन्धी
६. वनमा आधारित उद्योग, जडीवुटी उद्योग र वनजन्य कच्चा पदार्थको प्रबन्ध र खोटो उद्योग सम्बन्धी
७. वन्यजन्तु एवं पशुपंक्षीको स्वस्थानीय र परस्थानीय संरक्षण, अनुसन्धान, पालन, प्रजनन र सदुपयोग सम्बन्धी
८. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रको संरक्षण र व्यवस्थापन सम्बन्धी
९. भू-संरक्षण तथा जलाधार क्षेत्रको संरक्षण, सम्वर्धन र विकास सम्बन्धी
१०. राष्ट्रिय महत्वका जलाधार क्षेत्रहरुको पहिचान, व्यवस्थापन र कार्ययोजना कार्यान्वयन सम्बन्धी
११. जलाधार क्षेत्रहरुमा गरिने ठूला विकास आयोजनाहरुको वातावरणीय प्रभावको मूल्याँकन अनुगमन एवं समन्वय सम्वन्धी
१२. वाढी प्रकोप न्यूनीकरणको लागि नदीहरुको उपल्लो तल्लो तटीय जलाधार व्यवस्थापन सम्बन्धी
१३. प्राकृतिक वातावरणको संरक्षण, प्रभाव मूल्यांकन र सन्तुलन सम्बन्धी
१४. वनस्पति र जडीबूटी सम्बन्धी नीति, सर्भेक्षण, संकलन, प्रवर्धन, प्रशोधन, उत्पादन र उपयोग एवं अनुसन्धान सम्बन्धी
१५. वनस्पति संग्रहालय (हर्बेरियम) सम्बन्धी
१६. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण, भू-संरक्षण र जैविक विविधता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, सम्मेलन, गोष्ठी र प्रदर्शनीहरु तथा प्रचार प्रसार सम्बन्धी
१७. वन, वनस्पति, वन्यजन्तु, जलाधार संरक्षण, भू-संरक्षण, जैविक विविधता, जैविक सुरक्षा, प्रजाति संरक्षण, मरुभूमिकरण, आदि प्राकृतिक वातावरण सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सम्पर्क र सो सम्बन्धी भए गरेका सन्धी र महासन्धीहरुको सम्पर्क विन्दु सम्बन्धी ।
१८. जैविक विविधताको संरक्षण, सदुपयोग र लाभांसको बाँडफाँड सम्बन्धी नीति, योजना, कार्यान्वयन र समन्वय सम्बन्धी
१९. पर्वतीय क्षेत्रको दिगो विकाश सम्बन्धी नीति, योजना, सन्धी संझौता र समन्वय सम्बन्धी
२०. नेपाल वन सेवा सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी |