User Name
Password
Forgot your password?
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
Government of Nepal
Ministry of Forests and Soil Conservation

Gazette Notices
Strategies, Plans, Policies and Regulations
Suchanako Hak Sambandi Ain-2064
This website has been visited 8801 times since July 25, 2007
वन तथ भू-संरक्षण मन्त्रालय: संक्षिप्त परिचय

पृष्ठभुमि:

नेपालको सर्वाङ्ग़िण विकासका लागि प्रत्यक्ष रुपमा वन क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरु जस्तै: जलस्रोत पर्यटन र कृषिको मेरुदण्डको रुपमा वन क्षेत्रलाई लिन सकिन्छ । परापुर्वकालदेखि जनताका वन पैदावारको आवश्यकता परिपुर्ति र पशु आहार तथा वातावरण सन्तुलनको लागि वन अति आवश्यक स्रोत रहि आएको छ । वनक्षेत्रको संरक्षण सम्वर्द्धन तथा समुचित सदुपयोगबाट देशको आर्थिक सामाजिक विकास गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन एवं पिछडिएको समुदाय तथा महिलासमेतको जीविकोपार्जनका अवसरहरु बृद्धि गर्न सकिन्छ ।

उद्देश्य:

वन तथा जलाधार क्षेत्रको दिगो विकासका लागि जनसहभागिता मुलक पद्धति अपनाई वनको व्यवस्थापन वनस्पति भू तथा जलाधार जैविक विविधताको संरक्षणका साथै वन उधमहरुको विकासद्धारा रोजगारीका अवसरहरुमा वृद्धि गरी गरीवी न्युनीकरण गर्ने राष्ट्रिय उद्देश्यमा सघाउ पुर्‍याउनु यस मन्त्रालयको मुख्य उद्देश्यहरु रहेको छ । यस उद्देश्य प्राप्तिका लागि निम्न सह उद्देश्यहरु प्रतिपादन गरिएन छन् ।

क) जनमानसमा वातावरणीय स्वच्छताको चेतना बढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरुद्धारा वातावरणमा पर्न जाने प्रतिकुल असर पर्न नदिने एवं वातावरणको सरक्षण गरी वन वनस्पति र वन्यजन्तुको संरक्षण गर्ने ।
ख) वन सम्पदाको दिगो व्यवस्थापन गरी सर्वसधारण जनता र वन पैदावारमा आधारित उधोग तथा व्यवसायको लागि समेत आवश्यक पर्ने वन पैदावारहरुको नियमित आपुर्ति व्यवस्था मिलाउने ।
ग) जडीबुटीलगायत अन्य वन पैदावारहरुको आर्थिक रुपमा प्रतिस्पर्धा एवं आधुनिक खेती विकास तथा बिस्तार गरी स्थानीय रोजगारी एवं आयआर्जनका अवसर सिर्जना गर्ने ।
घ) जलाधार क्षेत्रहरुको व्यवस्थापनबाट भ् क्षय नियन्त्रण गरी जमीनको उर्वराशक्ति कायम राख्न टेवा पुर्‍याउने ।
ङ) राष्ट्रिय जैविक विविधता नीति अनुरुप पर्वतीय घांसे मैदान वन सिमसार राष्ट्रिय निकुन्ज तथा आरक्षहरुको जैविक विविधता एवं वानस्पतिक स्रोतको संरक्षण सम्वर्द्धन तथा सदुपयोगद्धारा प्राकृतिक पारिस्थिकीय सन्तुलन कायम राखी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने ।
च) जनसहभागितामुलक पद्धति अपनाई वनमा आधारित विकास कार्यक्रमहरुमार्फत गरीब महिला तथा पिछाडिएका वर्गको आयआर्जन र रोजगारीका अवसरहरु सिर्जना गरी गरीबी घटाउन टेवा पुर्‍याउने ।

नीति:

क) वन वनस्पति वन्यजन्तु लगायतका जैविक विविधता तथा वंशाणु स्रोतको संरक्षण गर्ने ।
ख) भ् तथा जलाधार संरक्षणमा चुरे क्षेत्रमा विशेष जोड दिई स्थानीय जनताको सहभागिता वृद्धि गर्ने ।
ग) सरकारद्धारा ब्यवस्थित वनको वैज्ञानिक व्यवस्थापन गर्ने ।
घ) वन पैदावारमा आधारित काष्ठ उधोगलाई कच्चा पदार्थको रुपमा काठ दाउरा उपलब्ध गराउने ।
ङ) संघ संस्था वा उघमीलाई दिने कबुलियती वनमा वन वन्यजन्तु र वनस्पतिको समुचित व्यवस्थापन गर्ने गरी पर्यापर्यटन (Eco-tourism) को क्षेत्र वृद्धि गर्न जोड दिने ।
च) वन तथा वनस्पति अनुसन्धान अनुगमन तथा मुल्यांकन र सुचना तथा तथ्याक प्रवाह प्रणाली सुदृढ गर्ने ।
छ) कबुलियती वन विस्तार गरी गरीबीको रेखामुनि रहेका विपन्न समुहका सदस्यहरुको जीविकोपार्जनका अवसरहरु वृद्धि गर्ने ।
ज) सामुदायिक कबुलियती तथा साझेदारी वन बिस्तार गर्ने र यस्ता वनमा खासगरी विपन्न महिला तथा दलित वर्गको सहभागिता एवं पहुंच बढाउने ।
झ) बहुमुल्य गैरकाष्ठ वन उपजहरुको दिगो व्यवस्थापन गर्ने सदुपयोग गर्ने निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने र निकासी प्रवर्द्धन गर्ने ।

निर्देशित सिद्धान्त र कार्यशैली:

निर्देशित सिद्धान्त:

यस मन्त्रालयले मुख्य चार सिद्धान्त अनुरुप कार्य गर्दै आएको छ ।

क) गरीवी निवारण
ख) दिगो व्यवस्थापन र उपयोग
ग) वन क्षेत्रलाई ४० प्रतिशत कायम राख्ने
घ) जैविक विविधता र वातावरण संरक्षण

कार्यशैली:

यस मन्त्रालय अन्तर्गतका अधिकांश कार्यक्रमहरु निम्नानुसारका कार्यशैली अपनाई गरिदै आएका छन् ।

क) सहभागितामुलक
ख) विकेन्द्रीकृत
ग) गरीब दलित र विपन्नमुखी
घ) वातावरणमैत्री
ङ) प्रवर्द्धनकर्ता, सहजकर्ता र नियामक

वन स्रोत तथ्यांक
वन क्षेत्र ४२७ लाख हेक्टर (२९%)
बुट्यान क्षेत्र १५.६ लाख हेक्टर (१०६%)
कुल स्टिम आयतन ३८८० लाख क्युविक मिटर
कुल स्टिम आयतन मध्ये साल प्रजाति २८%
कुल वायोमास ४२९० लाख टन
औषत स्टिम आयतन १७८ क्युविक मिटर प्रति हेक्टर
औषत रुख संख्या ४०८ प्रति हेक्टर
(स्रोत: नेपालको वन स्रोत प्रतिवेदन, १९९९)
वन अनुसन्धान तथा सर्वेक्षण विभाग

कार्यक्रम:

वन क्षेत्रको दीघकालीन विकासको लागि वन विकास गुरुयोजनाद्धारा निर्दिष्ट ६ वटा प्राथामिक विकास कार्यक्रम र ६ वटा टेवामूलक विकास कार्यक्रमहरु सञ्चालन गर्न यस मन्त्रायल र अन्तर्गतका विभिन्न निकायहरुद्धारा विभिन्न आयोजना र कार्यक्रमहरुलाई नेपाल सरकारको आन्तरिक स्रोत तथा वैदेशिक सहयोगद्धारा प्रत्येक आर्थिक बर्षमा निरन्तरता दिइएको छ । राष्ट्रिय तथा कबुलियती वन सामुदायिक तथा निजि वन पारिस्थिकीय तथा वंशाणु स्रोत संरक्षण भ् संरक्षण तथा जलाधार व्यवस्थापन जडीबुटी र सुगन्धित वनस्पति तथा अन्य वन पैदावारसम्वधी कार्यक्रम गरी जम्मा ३१ आयोजनाहरु विभिन्न जिल्लामा सञ्चालनमा रहेका यसैगरी टेवामुलक विकास कार्यक्रम अन्तर्गत वन अनुसन्धान तथा प्रचार प्रसार जनशक्ति विकास र संस्थागत विकास कार्यक्रम गरी जम्मा ३ आयोजनाहरु सञ्चालनमा रहेका छन् । हाल अनुगमन तथा मुल्यांकन नीति तथा कानुनी सुधार र स्रोत, सुचना तथा योजना तर्जुमा गरी ३ वटा टेवामुलक कार्यक्रममा कुनै पनि आयोजनाहरु छैनन् ।

यसैगरी नेपाल सरकारको दशौ पञ्चबषीय योजना (२०५९।२०६४) मा वन क्षेत्रको मुख्य कार्यक्रमहरुलाई निम्नानुसारका १० भागमा विभाजन गरिएको छ:

क) सामुदायिक तथा निजी वन विकास कार्यक्रम
ख) राष्ट्रिय तथा कबुलियती वन विकास कार्यक्रम
ग) जडीबुटी तथा गैरकाष्ठ वन व्यवस्थापन कार्यक्रम
घ) भ् सरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रम
ङ) वंशाणु स्रोत तथा जैविक विविधता संरक्षण कार्यक्रम
च) अनुसन्धान तथा प्रचार प्रसार कार्यक्रम
छ) जनशक्ति विकास कार्यक्रम
ज) नीति तथा कानुन सुधार कार्यक्रम
झ) संस्थागत सुधार कार्यक्रम
ञ) अनुगमन तथा मुल्यांकन कार्यक्रम

प्राथमिकता प्राप्त (P1)आयोजनाहरु

केन्द्रीयस्तर:

क) वन अनुसन्धान तथा सर्वेक्षण आयोजना (नेपाल सरकार)
ख) जडीबुटी विकास कार्यक्रम (नेपाल सरकार)
ग) राष्ट्रिय तथा कबुलियती वन विकास कार्यक्रम नेपाल सरकार
घ) पहाडी कबुलियती वन तथा चरण विकास आयोजना (IFAD)
ङ) तराई तथा शिवालिकका लागि जैविक विविधता कार्यक्रम (SNV)
च) वनस्पति विकास कार्यक्रम (नेपाल सरकार)
छ) राष्ट्रिय निकुञ्ज आयोजना (नेपाल सरकार)

जिल्लास्तर:

क) सामुदायिक वन विकास कार्यक्रम (नेपाल सरकार)
ख) जिविकोपार्जनका लागि वन कार्यक्रम (DFID)
ग) दोलखा - रामेछाप सामुदायिक वन विकास आयोजना (SDC)
घ) सिन्धु - काभ्रे वन विकास आयोजना (AUSAID)
ङ) सिन्धु - काभ्रे भ् संरक्षण आयोजना (AUSAID)
च) सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना (JICA)
छ) चुरे जलाधार व्यवस्थापन आयोजना (CARE/N)
ज) जडीबुटी प्रबर्द्धन आयोजना ( नेपाल सरकार )
झ) प्राकृतिक स्रोत व्यवस्थापनमा सुशासन कार्यक्रम (USAID)

उपलब्धि:

सामुदायिक वन:
सामुदायिक वन उपभोक्त समुह संख्या................................१४,२२७
हस्तान्तरित सामुदायिक वनको क्षेत्रफल...............................११,८५,५६३ हे.
लाभान्वित घ।धुरी संख्या..........................................१६,३५,६६४
महिलाद्धारा व्यवस्थित सामुदायिक वनको संख्या..........................७७८

कबुलियती वन:
कबुलियती वन उपधोक्ता सम्ह संख्या.................................२,४९९
हस्तान्तरित कबुलियती वनको क्षेत्रफल.................................११,०२४ हे.
कबुलियती वनबाट लाभान्वित घरधुरी संख्या.................................१८,३४१
कबुलियती वन (१४ वटा सघं सस्था ).................................३३० हे.

साझेदारी वन:
नमुना कार्यक्रम सञ्चालित जिल्लाहर.................................बारा, पर्सा र रौतहट
साझेदारी वन समुह संख्या.................................३
साझेदारी वन क्षेत्र.................................६,६६९ हे.

संरक्षित क्षेत्र:
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र शिकार आरक्ष तथा मध्यवर्ती क्षेत्रगरी देशको कुल भ् भागको १९.४ प्रतिशत क्षेत्रफल संरक्षित क्षेत्रको रुपमा घोषणा भई व्यवस्थापन भइरहेको छ ।

संगठनात्मक व्यवस्था:

मन्त्रालयका महाशाखाहरु:

क) प्रशासन महाशाखा
ख) अनुगमन तथा मुल्यांकन महाशाखा
ग) वातावरण महाशाखा
घ) वैदेशिक सहयोग समन्वय महाशाखा
ङ) योजना तथा जनशक्ति महाशाखा

क्षेत्रीय वन निर्देशनालयहरु................५

विभागहरु:

क) वन विभाग
ख) भू तथा जलाधार संरक्षण विभाग
ग) राष्ट्रिय निकु्ञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
घ) वन अनुसन्धान तथा सर्वेक्षण विभाग
ङ) वनस्पति विभाग

कार्यालयहरु:

क) क्षेत्रीय तालिम केन्द्र
ख) जिल्ला वन कार्यालय
ग) जिल्ला भू संरक्षण कार्यालय
घ) जिल्ला वनस्पति कार्यालय
ङ) शाही वनस्पति उघान
च) राष्ट्रिय निकुञ्ज कार्यालय
छ) वन्यजन्तु आरक्ष कार्यालय
ज) संरक्षण क्षेत्र कार्यालय
झ) शिकार आरक्ष कार्यालय

मन्त्रालय अन्तर्गतका समिति संस्थान र कम्पनी:

क) वन पैदावार विकास समिति
ख) द टिम्बर र्पेरेशन अफ नेपाल
ग) जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी

कुल दरबन्दी:

मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरु........................९५४९
समिति संस्थान र कम्पनी अन्तर्गत........................७७६

सम्पर्कको लागी:
नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
सिंहदरवार, काठमाण्डौं
फोन नं ४२२००६७, फ्याक्स नं ४२२३८६८
Website: www.mosfc.gov.np

Disclaimer | Privacy Statement | Contact Us
Copyright © 2007, Governement of Nepal, Ministry of Forests and Soil Conservation. All rights reserved.
Best viewed with Internet Explorer or Netscape Navigator or Opera at 1024 X 768